काठमाडौं । प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाई सकिएको छ । सोमबारबाट सुरू भएको सुनुवाई बुधबार सकिएको हो ।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो ।
यसैगरी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो ।
सुनुवाई सकिए पनि अनुमोदनका लागि अहिले छलफल भइरहेको छ ।











प्रतिक्रिया