२८ आश्विन २०८३, बुधबार

अध्यक्ष ओलीद्वारा बाढीपीडितलाई घर हस्तान्तरण (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा भदौ १० गतेको बाढीबाट प्रभावित १८ परिवारलाई निर्मित घर–टहरा हस्तान्तरण गरेका छन् ।

बाढीबाट घरमा क्षति पुगेपछि प्रभावित परिवारका लागि एमालेले निर्माण गरेको घर–टहरा अध्यक्ष ओलीले बुधबार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा ओलीले बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए ।

भदौ १० गते आएको बाढी तथा पहिरोका कारण नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। एमालेले बाढी प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्ने उद्देश्यले पिपलटारमा घर–टहरा निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

तस्वीरहरू–