२१ कार्तिक २०८३, शनिबार

सात प्रदेशको सिमाङ्कनले जाजरकोटमा खुसीयाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, ५ भदौ । शीर्ष तीन दलका नेताबीच शुक्रबार भएको सहमतिपछि जाजरकोट शान्त भएको छ ।

शुक्रबार बेलुका नै जाजरकोटको सदरमुकाममा दीपावलीसमेत गरिएको छ । आज बिहानैदेखि सडकमा यातायातका साधन चलेका छन् ।

आजैदेखि बजार खुलेका छन् भने आइतबारदेखि विद्यालय खुल्ने संयुक्त आन्दोलन परिचालन समिति, जाजरकोटका राजेन्द्रविक्रम शाहले जानकारी दिनुभयो ।

जाजरकोटलाई सुदूरपश्चिमसँग मिलाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका थिए ।

हप्ता दिनभन्दा बढी बन्दका कारण सदरमुकाम थन्किएका यातायातका साधन, यात्रु, आज बिहानैदेखि गन्तव्यमा लागेका छन् ।