२१ कार्तिक २०८३, शनिबार

कैलालीमा कर्फ्यु खुल्यो, निषेधाज्ञा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailaliधनगढी, ५ भदौं । दुईपक्षबीच झडप हुने सम्भावना बढेपछि, कैलालीको टीकापुर क्षेत्रमा लगाइएको कर्फ्यु आज बिहान ६ बजेदेखि खुलेको छ ।

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच सम्भावित झडपको स्थिति देखिएपछि शुक्रबार कर्फ्यु आदेश जारी गरिएको थियो ।

आफ्ना अधिकारको लागि दुवै पक्ष सडकमा उत्रिएकाले अप्रिय घटना हुन नदिन जारी गरिएको कर्फ्यु फिर्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज टीकापुर क्षेत्रमा कुनै पनि सभा–सम्मेलनहरू गर्न निषेध गरिएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । पूर्वमा कर्णाली पुल, पश्चिममा मुनुवा गाविस, उत्तरमा पथरैया गाविस र दक्षिणमा धनसिहपुर गाविससम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

यसअघि शुक्रबार अखण्ड सुदूरपश्चिम पक्षधरले निकालेको मोटरसाइलक र्‍यालीका सहभागी र थरुहटका कार्यकर्ताबीच कैलालीको राजमार्ग क्षेत्र र लम्की–टीकापुसडक खण्डमा दोहोरो झडप भएको थियो । लम्की टीकापुर सडक खण्डमा थरुहटका कार्यकर्ताले ठाउँठाउँमा ढुंगा राखेर अवरोध गरेका छन् ।

यस्तै सडकमा सिसा र किला राखेर, टायर बालेर अखण्ड सुदूरपश्चि पक्षधरले निकालेको र्‍यालीलाई अवरोध गरिएको आन्दोलन परिचालन समितिका सदस्य केशव मिश्रले जानकारी दिनुभयो ।

थरुहटका कार्यकर्ताको गुलेली प्रहारबाट रमेश खड्का, पदम बोगटी र विष्णु भण्डारी गरी तीन जना प्रहरी जवान घाइते भएका छन् ।

यस्तै थरुहट पक्षधरले लखेटेपछि १४ जना अखण्ड पक्षधरका युवा घाइते भएको समेत उहाँले बताउनुभयो । थरुहट पक्षधरले केही मोटसाइकलमा तोडफोड गरेका छन् भने ४ वटामा आगजनी गरेको बताइएको ।