चितवन, ५ भदौ । पर्साको ठोरी गाविस प्रदेश नं ३ मा गाभिएपछि ठोरीका जनताका वर्षौ देखिको चाहाना पूरा भएको छ । उनीहरूले ढिलै भए पनि माग सुनुवाइ भएको भन्दै खुसीयालि मनाएका छन् ।
सिमाङ्कनको विषयमा प्रमुख राजनीतिक दलहरूबीच शुक्रबार भएको सहमतिको स्वागतमा ठोरीका ९ वटा वडाका स्थानीयले शुक्रबार राति दीप प्रवज्वलन गरेर खुशीयाली मनाए ।
दलहरूले ठोरीलाई चितवनमा गाभ्ने सहमति गरे लगतै ठोरीका स्थानीयले चोकचोकमा आएर दीप प्रवज्वलन गरेको स्थानीयबासी भरत थापाले जानकारी दिनुभयो ।
पर्साको ठोरी गाविस प्रदेश नम्बर ३ मा गाभिनुको साथै चितवन जिल्लापनि गाभिएको छ । यसअघिको सिमाङ्कनमा ठोरी प्रदेश नं २ मा राखिएको थियो ।
जसको बिरोध गर्दै ठोरीका जनताले चरणबद्ध संर्घष गरेका थिए । २०३४ सालसम्म चितवनमा रहेको ठोरी २०३५ सालपछि पर्सामा रहँदै आएको थियो ।
ठोरीका जनताले आफूहरूलाई सिमाङ्कनमा मर्का परेको भन्दै गुनासो गर्दै आएका थिए । शुक्रबारको सिमाङ्कनले उनीहरूको पुरानो चाहना पूरा भएको छ ।















प्रतिक्रिया