२१ कार्तिक २०८३, शनिबार

‘यो संविधानसभाको काम छैन, खारेज गरौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-Maobadiकाठमाडौं, ५ भदौ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभा निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै पुनः संविधानसभाको विघठन गर्न माग गरेको छ ।

नेकपा–माओवादीका अध्यक्ष बैद्यले आज (शनिबार) विज्ञप्ति जारी गरेर संविधानसभा विघठन गरी संविधानसभा र संविधानसभा बाहिर रहेका राजनीतिक दलहरूसँग सम्वाद गरी निकास निकाल्न माग गर्नुभएको हो ।

‘केही दिनयता पश्चगामी मस्यौदा संविधानको खारेजीका लागि देशव्यापी रुपमा विरोध प्रदर्शन, बन्द, हड्ताल, जनप्रतिरोध लगायत सङ्घर्षका कार्यक्रमहरू सशक्त रुपमा सम्पन्न हुँदै आएका छन्’, उहाँले भन्नुभएको छ, ‘सरकारद्वारा त्यसप्रकारका आन्दोलनहरूमा दमन तथा धरपकड गर्ने, गोली हान्ने, हत्या गर्ने, साम्प्रदायिकता भड्काउन खोज्ने जस्ता घटना घटाइएका छन् ।’

नेकपा–माओवादीले अगाडि भनेको छ, ‘अब दिनको घाम जत्तिकै के कुरा छर्लङ्ग भएको छ भने यस संविधानसभा–२ को औचित्य समाप्त भइसकेको छ । अतः यसप्रकारको गम्भीर, जटिल र सङ्कटपूर्ण स्थितिमा पश्चगामी मस्यौदा संविधानको खारेजी र संविधानसभा–२ विघटन गरी संविधानसभाभित्र तथा बाहिरका सबै राजनीतिक दलसहित आन्दोलनरत पक्षहरूको सहभागितामा राजनीतिक सभाको आयोजना गर्न अनिवार्य रुपमा आवश्यक भइसकेको छ ।’

अध्यक्ष बैद्यले यदि यसप्रकारको प्रस्तावलाई गम्भीरतापूर्वक लिइएन र जबर्जस्ती प्रतिगामी संविधान बनाइयो भने देश फेरि पनि अर्को द्वन्द्वमा जाने निश्चित रहेको चेतावनी दिनुभएको छ ।

‘हाम्रो पार्टी संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि विशेष अपील गर्दछ’, अध्यक्ष बैद्यले आफ्नो विज्ञप्तिमा भन्नुभएको छ ।

प्रमुख चार दलका शीर्ष नेता सम्मिलित कार्यदलले सिमाङ्कनसहितको सात प्रदेशमा सहमति गरेको दोस्रो दिन नेकपा–माओवादीले सहमतिप्रति आफ्नो असहमति जनाएको हो ।