२८ आश्विन २०८३, बुधबार

डा. विजय पौडेलको निवास पुगेर अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज काठमाडौंस्थित पौडेलको निवासमा पुगेर परिवारका सदस्यहरूसँग भेट गर्दै दुःख व्यक्त गरेका हुन् ।

उनले दिवंगत पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूलाई पौडेलको निवासमा पुगेका थिए ।