२८ आश्विन २०८३, बुधबार

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि आन्दोलन चर्काउने भएको छ ।

मतदाता नामावली हेरफेर गरेर सत्तारुढ बिजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सिजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो । सिजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

सिजेपीको विरोध प्रदर्शन हुनुभन्दा अगाडि दिल्लीमा सुरक्षा कडा पारिएको छ। सिजेपीले देशभरि आफ्ना १० हजार सदस्यहरूलाई हिरासतमा राखिएको दाबी गरेको छ। सिजेपीका अध्यक्ष अभिजित दिपकेले शनिबार जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा २० हजारभन्दा बढी प्रहरी र अर्धसैनिक बल तैनाथ गरिएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार विरोध प्रदर्शनका लागि अनुमति दिइएको छैन र निषेधात्मक आदेशहरू लागू भएका छन्। सिजेपी र धेरै विद्यार्थी संगठनहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्।

मतदाता नामावलीको विशेष गहन संशोधनमा अनियमितताका कारण देशभरि लाखौं मतदाताहरू मेटिएको आरोप उनीहरूले लगाएका छन्। सिजेपीको आन्दोलन चर्केसँगै सत्तारुढ बिजेपी भने तनावमा परेको छ । कतै हिंसा भड्केमा नियन्त्रण लिन कठिनाइ हुने भन्दै सरकार दमन गर्न हच्केको छ ।