काठमाडौं । घटस्थापनाको दिनदेखि काठमाडौं उपत्यकामा ६ स्थानबाट ग्यास बिक्री गरिने भएको छ । ग्यासको अभावलाई मध्यनजर गर्दै असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको हो ।
काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने भएको छ।
त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ। संघका अनुसार सिलिण्डर साटफेर समेत गरिने छ ।
ग्यास बिक्रीको समय बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म तोकिएको छ ।











प्रतिक्रिया