काठमाडौं । सर्वोच्च अदालतले इनम सापकोटाको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । गैरकानूनी पक्राउ गरिएको भन्दै सापकोटाकी पत्नी कविता पाण्डेले दायर गरेको रिट न्यायाधीशहरु हरि फुयाल र सुनिल पोखरेलको इजलासले खारेज गरेको हो ।
रिट खारेज भएसँगै सापकोटालाई थुनामै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । सम्पत्ति शुद्वीकरण मुद्वामा थुनामा रहेका दीपक भट्टलाई छुटाउन चलखेल गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
उनको सम्बन्ध पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासँग पनि देखिएको छ । प्रहरीले सापकोटामाथि अभद्र व्यवहारको आरोपमा म्याद थप गरिरहेको छ ।













प्रतिक्रिया