२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म कति मत खस्यो ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न प्रदेशका प्रतिनिधिहरूले मतदान गरेका हुन्।

मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, मधेशबाट ४२२, बागमतीबाट ४८७, गण्डकीबाट ३३०, लुम्बिनीबाट ३८९ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६ मत खसेको छ।

बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीमा ढिलाइ हुँदा करिब एक घण्टापछि मात्रै मतदान प्रक्रिया अघि बढेको थियो।

महाधिवेशनबाट पार्टी सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयन हुँदैछन्। नयाँ नेतृत्वका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै स्थानमा व्यवस्था मिलाइएको छ। खुलामञ्चमा छ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। बागमती प्रदेशबाट आएका प्रतिनिधिहरूका लागि भने प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा महाधिवेशन प्रतिनिधिहरूको मतलाई चासोका साथ हेरिएको छ।