– महेश केसी
रुकुम, ४ भदौ । अखण्ड रुकुमको माग राख्दै रुकुममा स्थानीयले आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
गत २३ गते राति भएको राजनीतिक सहमतिमा देशलाई संघियतामा लैजाने र सिमाङकन सहितको संविधान जारी गर्ने गरी नेपालका चार दलका शीर्ष तहमा भएको राजनैतिक सहमतीमा रुकुम जिल्लालाई पुर्वको भाग प्रतावित पाँच प्रदशेमा र पश्चिमको भाग छ प्रदेशमा कायग गर्ने गरी भएको निर्णयको विरोध गर्दै गत साउन २४ गते देखी सुरु भएको “सिंगो रुकुमलाई पाँच नंम्बरमा प्रदेमा कायम गर्नुपर्ने” एक सुत्रिय माग सहितको आन्दोलन तथा विरोध कार्यक्रमको आज शुक्रबार १३ दिन पनि जारी रह्यो । आज आन्दोलनकारीले जिल्ला प्रशासन कार्यलय रुकुमको मुल गेटमा दुई घण्टा धर्ना सहित नाराबाजी गरेका छन् ।
धर्ना कार्यक्रमपछी आन्दोलनकारीहरुको विरोध ¥यालिले सदरमुकाम मुसिकोट बजार परिकर्मा गरेर टुडिखेल नजिकैको बि.पि. चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नागरिक समाजका अगुवा तथा एकिकृत रुकुम संयुक्त संघर्ष समितिका सल्लाहकार डा.नवराज गौतमले आफुहरुको एक सुत्रिय माग पुरा नभए सम्म आफुहरुको आन्दोलन जारी रहने कुरा बताएका थिए । संघर्ष समितिका अनुसार भोली ५ गते शनिवार सदरमुकाममा बृहत जनप्रर्दशन गर्ने र त्यति गर्दा पनि रुकुमेलीहरुको आवाजलाई नसुनेमा ६ गतेदेखी आम हड्तालमा उत्रने कुरा वताईएको छ ।
















प्रतिक्रिया