१० कार्तिक २०८३, मंगलबार

अन्ततः सात प्रदेश बनाउने सहमति, ६ प्रदेशमा कहाँ-कहाँ भयो परिमार्जन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting-1

काठमाडौं, ४ भदौ । उच्चस्तरीय राजनीतिक विशेष समितिले नयाँ संविधानमा सात प्रदेशको संघीय नेपाल बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले केही हप्ता अगाडि मध्यरातमा भएको ६ प्रदेशको सहमतिलाई परिमार्जन गर्दै ७ प्रदेशमा सहमति जुटाएको हो । विशेष समिति बैठकमा ७ प्रदेश बनाउने सहमति भएपनि विजय गच्छदारले सहमति जनाएका छन् ।

विशेष समितिका संयोजक डा. बाबुराम भट्टराईले दिएको जानकारी अनुसार ७ वटा बनाउने निर्णय भएको हो ।

यस्तो छ विशेष समिति सयोजक डा. बाबुराम भट्टराईले दिएको जानकारी :

आजको विशेष समितिको वैठकले संघीय प्रदेशहरु निम्न अनुसार ७ वटा बनाउने निर्णय गरेको छ ।

पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् (३ नम्बर प्रदेशमा ठोरी गाविस सहित)

पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला–भूभाग रहने गरी ६ नम्बर प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश ।

प्रदेशहरुको विस्तृत सीमांकन संघीय आयोगले गर्नेछ ।

यो पनि पढ्नुहोस् :

सिंहदरबारमा शीर्ष नेताहरुको बैठक, सात प्रदेशमा सहमति !