काठमाडौं, ४ भदौ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चार दलीय मोर्चाबाट अलग हुने निर्णय गरेको छ ।
फोरम लोकतान्त्रिकले सात प्रदेशको सीमांकनमा असहमति जनाउँदै प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीसँगको सहकार्य तोड्ने निर्णय गरेको हो ।
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न फोरमले संसदीय दलको कार्यालयमा चार बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ । चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम लोकतान्त्रिक चार दलीय मोर्चा छाडेर आन्दोलनमा जाने तयारीमा लागेको सभासद रामजनम चौधरीले बताए ।
थारुको बाहुल्य रहेको कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र नवलपरासीलाई थारुहट प्रदेशमा राख्नुपर्ने मागलाई चारदलीय मोर्चाले वेवास्ता गरेर प्रदेशहरुको निर्माण भएको भन्दै फोरम लोकतान्त्रिकले मोर्चा छाड्न लागेको बुझिएको छ ।












प्रतिक्रिया