२९ आश्विन २०८३, बिहिबार

प्रेमिकालाई होटलमा बोलाएर प्रेमीले यसरी दिए कठोर यातना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhawana-sasan

एजेन्सी । वलसाड शहरमा एक युवकले आफ्नी प्रेमिकालाई खतरनाक यातना दिएका छन् ।

गुजरातको वलसाड शहर स्थित डुमसको एक होटलमा प्रेमिकालाई बोलाएर प्रेमीले हत्या गरी वाथरुममै जलाएका छन् । हत्या गरेर भाग्न खोजेका प्रेमीलाई होटलका कर्मचारीले समातेर पुलिसको जिम्मा लगाएका छन् । वलसाड पुलिसका अनुसार कम्प्यूटर क्लासका शिक्षक शिवकिरण शाशन (३२)ले प्रेमिका भावना मौर्य (२६)लाई परपुरुषसँग हिमचिम बढाएको शंकामा जीवनै समाप्त हुने यस्तो कठोर यातना दिएका हुन् ।

bhawana

पुलिस वयानमा आरोपी शाशनले बताएअनुसार मंगलवार राति होटलमा भावनालाई भेट्न बोलाएका थिए । उनले भावनालाई अन्तिमपटक भेट्न बोलाएका थिए । किनकि भावनाका परिवारले उनीहरुको प्रेम सम्बन्धलाई अस्वीकार गरी भावनाको विहेको कुरा चलाएका थिए ।

अन्तिम पटक भेट्न आएकी भावना र शाशनले त्यो रात होटलमै विताए । अन्तिम भेट हुनाले दुबैले शारीरिक सम्पर्क पनि राखे । तर, बुधवार विहानै शाशनले भावनाको घाँटी थिचेर हत्या गरे । त्यसपछि दिउँसो लासलाई ठेगान लगाउन बाथरूममा भावनालाई जलाइदिए ।

भावनालाई आगो लगाएर शाशन भाग्ने तरखरमा थिए तर, त्यही बेला होटलमा कर्मचारीले कोठाबाट आगोको धुवा निस्किरहेको देखे । त्यसपछि कोठातिर गएका होटल कर्मचारीले बाथरूममा भावनाको नग्न अवस्थामा आधा जलेको शव भेट्टाए । त्यसपछि उनीहरुले शाशनलाई समातेर पुलिसको जिम्मा लगाए ।

शाशनले भनेका छन्-‘पछिल्लो कैयौं वर्षदेखि उनको भावनासँग प्रेम सम्बन्ध चलिरहेको थियो । उनी दुबै जना विवाह गर्न चाहन्थे तर, भावनाका परिवार यो सम्बन्धका लागि राजी भएनन् । परिवारले नमानेपछि भावनाले पनि शाशनबाट टाढा हुन प्रयास गर्दैथिईन् ।’ त्यही बेला शाशनलाई शंका लाग्यो कि भावनाको कुनै अन्य युवकसँग प्रेम सम्बन्ध बस्यो । यही कुराले भावनासँग तनावमा रहेका उनले हत्या गरे । पुलिसले आरोपीलाई गिरफ्तार गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

hotel hotel-1