
एजेन्सी । बोकारोको हीरागञ्ज टोलमा एक पतिले मदिराको नशामा आफ्नी पत्नीलाई यति कुटपिट गरे की कि उनको मृत्यु भयो । पतिलाई लाग्यो कि पत्नी सुतिहालिन र रातभरी उनी पत्नीसँगै सुते ।
जब विहान उज्यालोमा पत्नी ब्युझिइनन् तब उनले गाउँलेलाई यो कुराको जानकारी दिए । खबर अनुसार पति जया सबरलाई पत्नी गुरुवारी सबरको चरित्रमाथि शंक थियो । त्यसकारण पछिल्ला दिनहरुमा उनी मदिराको नशामा अफ्नी पत्नीलाई दिनदिनै कुटपिट गरेर यातना दिन्थे ।
एक दिन नशाकै हालतमा जयाले आफ्नी पत्नीलाई यतिसम्म यातना दिए कि उनको मृत्यु नै भयो । कुटपिटका क्रममा जब उनकी पत्नीले आवाज निकाल्न छाडिन् तब उनलाई लाग्यो कि उनी सुतिसकिन् । र आफूपनि उनैसँग सुते । विहान जब पत्नी ब्युझिइनन् तब उनले गाउँलेलाई यो कुराको जानकारी दिएका थिए ।
त्यसपछि गाउँलेले पुलिसलाई घटनाबारे सुराकी दिए । पुलिसले सूचना पाएपछि तत्कालै घटनास्थल पुगेर मृतकको शवलाई मुचुल्का बनाएर पोस्टमार्टमका लागि अस्पताल पठायो । र आरोपी पतिलाई गिरफ्तार गरेर प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ । पुलिसले पक्राउ गरेपछि उनलाई थाहा भयो मदिराको नशामा रातभरी उनी पत्नीको लाससँग सुतेका रहेछन् ।
















प्रतिक्रिया