२१ कार्तिक २०८३, शनिबार

हिन्दू राज्यको माग राख्दै ११ जना पण्डितले बालकोटमा शङ्ख बजाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliभक्तपुर, ४ भदौ । नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ ।

ओमकार समाजको नेतृत्वमा आएको समूहले ओली निवासमा पुगेर शङ्ख बजाउँदै हिन्दू राज्यको माग गरेका हुन् । हिन्दू राज्यको माग गर्दै ओली निवास पुगेको टोलीमध्येका ११ जना पण्डितले शङ्ख बजाएका थिए ।

शङ्ख बजाउँदै ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशलाई धर्म निरपेक्ष गर्न पाइन्न, हिन्दू राज्य कायम गर्नै पर्छ भन्ने माग राखेका थिए ।

उनीहरुले एमाले अध्यक्ष ओलीलाई भेटेर नयाँ संविधानमा हिन्दू राज्य लेखिनुपर्ने माग राखेको समाजका प्रतिनिधिहरुले जानकारी दिएका छन् । रासस