रूपन्देही । रुपन्देहीमा अपहरणमा परेकी एक बालिकाको ३८ घण्टापछि उद्वार गरिएको छ । तिलोत्तमास्थित घरबाट अपहरणमा परेकी १० वर्षीया बालिकालाई प्रहरीले ३८ घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको हो ।
घरबाहिर हजुरबुबा र हजुरआमा सुतिरहेका बेला बालिका भाइसँगै कोठामा सुतिरहेकी थिइन् । राति करिब २ बजे ओढ्ने ओढाइदिन जाँदा बिस्तारामा बालिका नभेटिएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ । बालिका उद्धारपछि पनि फरार रहेका तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई जंगलमै प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
उनको खुट्टामा गोली लागेको छ ।













प्रतिक्रिया