२८ आश्विन २०८३, बुधबार

नेता व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउँदै कांग्रेस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफल सुरु भएको छ ।

आकांक्षीहरूको संख्या धेरै भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहे पनि यसको अन्तिम निर्णय असोज १८ देखि २२ सम्म काठमाडौंमा हुने महाधिवेशनको बन्द सत्रले गर्नेछ ।

हालको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री (८ निर्वाचित र ३ मनोनीत) तथा १ मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

अहिले उपसभापति ३ (एक महिलासहित), महामन्त्री ३ र सहमहामन्त्री १५ सम्म पुर्‍याउनेबारे चर्चा चलेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसे र महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी संख्या बढाउने वा साविककै राख्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय भइसकेको छैन ।

महामन्त्री पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको र बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी यसबारे टुंगो लगाउने कांग्रेसले जनाएको छ ।