काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
व्यायामशालामा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा, योगाजस्ता सेवाहरु उपलब्ध छ । साथै, वर्कवाउटपछि आरामका लागि सउना सुविधाको पनि व्यवस्था रहेको छ ।
यो छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।











प्रतिक्रिया