२८ आश्विन २०८३, बुधबार

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर बाइ विइन्डम होटलमा २० प्रतिशतसम्म छुट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यससम्बन्धी सहकार्यका लागि कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डम होटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

त्यस्तै, होटलका विभिन्न सेवा तथा सुविधा उपयोग गर्ने ग्राहकका लागि किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ। वार्षिक रूपमा कम्तीमा १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पनि सम्झौतामा समेटिएको छ।

पारिवारिक जमघट तथा विभिन्न कार्यक्रम आयोजना गर्ने ग्राहकका लागि केक तथा कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यसले होटलमा पारिवारिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने बैंकका ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, होटलको रेस्टुरेन्टमा वार्षिक रूपमा ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्नेछन्। बैंकका ग्राहकलाई लक्षित गरी सञ्चालन हुने ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको छ।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यले बैंकिङ सेवासँगै आतिथ्य तथा मनोरञ्जनसम्बन्धी सेवामा समेत ग्राहकलाई विशेष लाभ पुग्ने बैंकको विश्वास छ।

कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न संस्थासँग सहकार्य गरी सरल, सहज र प्रभावकारी सेवा विस्तार गर्दै जाने जनाएको छ।