२९ आश्विन २०८३, बिहिबार

फटाहासँग संगतले बिग्रियो : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal n Baburamकाठमाडौ, ३ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आइसकेपछि फटाहासँग संगत बढेको बताएका छन् ।

‘शान्ति प्रक्रियामा आइसकेपछि वर्गीय निष्ठा हरायो, गरिबसँग मिल्नुपर्नेमा जालीफटाहासँग संगत भयो,’ युद्धका बेला राज्यले बेपत्ता पारेका बिपीन भण्डारीलगायतको सम्झनामा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसले पार्टीलाई घाटा पुर्‍यायो ।’

‘हामीले राजनीतिभन्दा कुटनीतिलाई जोड दियौं, जुन गल्ती भयो,’ उनले भने, ‘यसको जिम्मेवारी म आफैं लिन्छु ।’ उनले आफूले बेपत्ता र घाइते परिवारको पीडा बुझेको दाबी गरे । ‘काम गर्दै जाँदा ठेस लाग्न पुग्यो,’ उनले भने, ‘तपाईंहरु पत्याउनुहुन्न भने म नेतृत्व हस्तान्तरण गर्न तयार छु ।’ कान्तिपुर दैनिकबाट