२८ आश्विन २०८३, बुधबार

भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, यो कस्तो सरकार हो ? : सांसद पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो देखिएको बताएका हुन् ।

उनले राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो भएको टिप्पणीसमेत गरे ।

उनले भने, ‘संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो। यो कस्तो सरकार हो ?’

उनले थपे, ‘महाभारत कालमा जरासन्धको जन्म कथा छ। महाभारत कालमा मगध राजदरबारमा जरासन्धको जन्म दुई आमाको कोखबाट हुन्छ। जरासन्धका दुई आमाले आधा–आधा शरीर भएको बच्चा जन्माउँछिन् र जरा नामकी राक्षसीले ती दुई भाग जोडेर बच्चा बनाइदिन्छिन्। बालकको नाम जरासन्ध राखिन्छ। यो सरकार महाभारतकालीन जरासन्ध जस्तो पनि देखिन्छ। खासमा बालेन सरकार कस्तो सरकार हो ?’