२८ आश्विन २०८३, बुधबार

पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्दै रमाडा इटहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ ।

दृश्य सी दी अनसिनको सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ । यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने साइग्रेससँगको विशेष भेटघाट तथा मीट एण्ड ग्रीट रहनेछ ।

रमाडा बाइ विन्डह्यामका अनुसार दशैंका बेला घर फर्किने खुसी र आत्मीयतालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्निभलले परिवार तथा आफन्तहरूलाई एकसाथ भेला भई पुनर्मिलन गर्न, चाडपर्व मनाउन र पूर्वी नेपालको जीवन्तता अनुभव गर्ने अवसर प्रदान गर्नेछ । हरेक साँझ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रसँग जोडिएका कलाकारहरूको लाइभ प्रस्तुति, स्थानीय स्वाद झल्काउने विभिन्न लाइभ फुड स्टेसन, रमाइला गतिविधि, फेस पेन्टिङ तथा लाइभ क्यास बारको व्यवस्था रहनेछ । यसले उत्सवको माहोलसँगै घर फर्किएको आत्मीय अनुभूति पनि प्रदान गर्नेछ।

कार्निभलको सुरुवात अक्टोबर ६ मा प्याराडाइज नेपालको लाइभ प्रस्तुतिबाट हुनेछ । त्यसपछि अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईको प्रस्तुति रहनेछ । यी चार दिनका लागि प्रवेश शुल्क प्रति व्यक्ति १,६०० रुपैयाँ निर्धारण गरिएको छ । कलाकारहरूको प्रस्तुति बेलुका ६ बजेदेखि सुरु हुनेछ भने लाइभ फुड स्टेसनहरू बेलुका ७ बजेदेखि सञ्चालन हुनेछ ।

रमाडा बाइ विन्डह्यामका अनुसार कार्निभलको भव्य समापन अक्टोबर १० शनिबारका दिन हुनेछ । उक्त दिन साइग्रेससँगको विशेष मीट एण्ड ग्रीट र प्रस्तुतीका साथै नीलो धागो, बाँसुरी र आस्था बराइलीका लाइभ प्रस्तुतिहरू रहनेछन् । रेगालिया र ईम्पेरियाअन्तर्गत प्रस्तुत हुने साँझलाई पाँचदिने उत्सवको विशेष तथा अविस्मरणीय समापनका रूपमा आयोजना गरिँदैछ । उक्त दिनको प्रवेश शुल्क १,९९९ रुपैयाँ रहनेछ भने लाइभ फुड स्टेसनहरू राति ८ः३० बजेदेखि सञ्चालन हुनेछ ।

पूर्वी नेपालको संगीत, स्वाद, प्रतिभा र आत्मीयतालाई एकै ठाउँमा प्रस्तुत गर्ने यस उत्सवले रमाडा बाइ विन्डह्याम इटहरीको आतिथ्यपूर्ण वातावरणमा यस क्षेत्रको पहिचान र स्थानीय समुदायको उत्सव मनाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।