भैरहवा, ३ भदौ । भैरहवामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । गौतमबुद्ध विमानस्थलमा अवतरणको क्रममा यती एयरको (9HAJC)जहाज टायर पन्चर भई रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।
यद्यपी जहाज ठूलो दुर्घटनाबाट बचेको छ । गौतमबुद्ध विमानस्थलका प्रमुख धर्मेन्द्र पाण्डेले जहाज चिप्लिएर झाडी तिर गएको बताए । उनका अनुसार जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् ।
















प्रतिक्रिया