२८ आश्विन २०८३, बुधबार

बजाज चेतकको चाडपर्व लक्षित ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार दशैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो ।

यस अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् ईएमआई फाइनान्सिङमा ० प्रतिशत ब्याज, १,००,००० रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क प्रिमियम एसेसरिज ।

योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौँ । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।”

‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।