२८ आश्विन २०८३, बुधबार

पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा खतरा देखिएपछि रेस्क्यू गरिएको हो : सरकार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरिएको बताएका छन् ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ गरिएको नभई सुरक्षा थ्रेट देखिएपछि रेस्क्यू गरिएको बताएका हुन् ।

उनले भने, ‘पक्राउ गरिएको होइन । सुरक्षामा प्रश्न आइसकेपछि रेस्क्यू गरेर लगिएको हो । उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनुभएको छ । यसले पनि थ्रेट आएको पुष्टि गर्छ ।’

उनले जेनजीबाट थ्रेट आएको नभइ अपरिचित समूहबाट आएको बताए ।

उनले भने, ‘जेनजीबाट भनिएको छैन । मिडियामा आएको हो । अपरिचित समूहबाट टेक्स्टमार्फत नै थ्रेट आएको हो। प्रहरीले अनुसन्धान गरिरहेको छ ।’