२८ आश्विन २०८३, बुधबार

रोनन र समीक्षाको रोमान्टिक गीत ‘कहिले होला’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत ‘कहिले होला’ म्युजिक भिडियो सार्वजनिक भएको छ । रोननकै शब्द ,संगीत रहेको गीतलाई देवेश राइले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई रोननको अफिसियल युट्युव च्यानल ‘रोनन सुब्बा’मार्फत सार्वजनिक गरिएको हो ।

नायक आकाश श्रेष्ठ, नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ ।

निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा रोशन बिकेको कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।

भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।