२८ आश्विन २०८३, बुधबार

यसरी मारिए डन कुमार घैंटे (हेर्नुस् भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौं । गुन्डा नाइके कुमार घैंटे प्रहरी ‘इन्काउन्टर’मा मारिएका छन् ।

काठमाडौंको सामाखुसीस्थित कपुर धारामा सर्च अभियानमा खटिएको प्रहरी टोलीको गोली प्रहारबाट घाइते घैंटेको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली प्रहार गरेको थियो ।

सर्च अभियानका क्रममा कपुरधारा पुगेको अपराध महाशाखाको टोलीमाथि घैंटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली प्रहार गर्दा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोली र घैंटेको समूहबीच भीडन्त हुँदा प्रहरीको गोली लागेर उनी सहित तीन जना गुण्डा घाइते भएका थिए ।

पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटे मारिएको एसएसपी खनालले बताउनुभयो । यसअघि गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । अवैध चन्दा असुली र गुन्डा गर्दी गर्दै आएका घैंटेको नाम प्रहरीको मोस्ट वान्टेट सूचीमा थियो ।

भिडियो : इमेज च्यानल ।