२८ आश्विन २०८३, बुधबार

सरकारलाई रक्षा बमको प्रश्न- जेनजी कुनै आतंकवादी संगठन या भूमिगत सशस्त्र समूह हो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सरकारसमक्ष जेनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो ? भन्दै प्रश्न गरेकी छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा थ्रेट भन्दै मध्यराति नै पक्राउ गरेर प्रहरी हिरासतमा राखेपछि बमले जेनजी को हुन् भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

‘जेनजी भनेको भूमिगत आतंकवादी संगठन हो रु शक्तिको मातमा आफूखुसी पक्राउ गर्ने, मनलाग्दी आरोप लगाउने न विधि मान्ने न प्रक्रिया मान्ने, अनि कारण के भन्दा ‘जेनजी रे ।’ तपाईहरूको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो र जेनजी रु’ बमले आइतबार सामाजिक सञ्जालमार्फत सरकारसँग्र प्रश्न सोधेकी छन् ।

जेनजी फ्रन्टकी संयोजकसमेत रहेकी बमले सरकारले सुरक्षा निकायको व्यापक दुरुपयोग गरिरहेको उल्लेख गर्दै नगर प्रहरी चलाए जसरी चलाउँछु भन्ने सोच प्रधानमन्त्रीमा रहेको आरोप लगाएकी छन् ।

बमले लेखेकी छन्–

दुई तिहाइको सुरक्षा दिने तरिका पनि गज्जबकै रहेछ। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भयो भनेर मध्यरातमा पक्राउ पुर्जीबिनै लगिएको रहेछ।

यो जेनजी भनेको को हो हजुर ? कुनै आतंकवादी संगठन हो रु या भूमिगत सशस्त्र समूह हो रु शक्तिको मातमा आफूखुसी पक्राउ गर्ने, मनलाग्दी आरोप लगाउने न विधि मान्ने न प्रकिया मान्ने, अनि कारण के भन्दा, ‘जेनजी रे।’ तपाईहरूको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो र जेनजी ?

यदि ‘जेनजी’ कुनै संगठित सुरक्षा खतरा हो भने त्यसको प्रमाण कहाँ छ ? र यदि छैन भने, यो सरासर दुई तिहाइको शक्तिको डर देखाएर पक्राउ गरेको हो अरू केही होइन। आफ्नो राजनीतिक दाउपेच मिलाउन नसकेर मध्यरातमा कसैलाई पक्राउ गर्ने, अनि नाम चै जेनजी। हैन, हाम्रा सुरक्षा निकायको कतिसम्म दुरुपयोग गरिरहेको सरकारले रु नगर प्रहरी चलाए जसरी चलाउँछु भन्ने सोच्नुभयो क्या हो ?