काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सम्झौतासँगै हिमालयन बैंक स्मार्ट च्वाइस टेक्नोलोजिजको अन्तरबैंक रकम स्थानान्तरण सञ्जालमा आबद्ध भएको छ। अब बैंकका ग्राहकले उक्त सेवामार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा सहज र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।
स्मार्ट च्वाइस टेक्नोलोजिजका अनुसार उक्त सेवाले बैंक तथा वित्तीय संस्था, विद्युतीय वालेट र विप्रेषण कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहज बनाउँदै आएको छ। यसले विभिन्न वित्तीय सेवाबीच अन्तरसम्बन्ध कायम गरी नेपालको विद्युतीय भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउँदै आएको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिजले बैंक तथा वित्तीय संस्थाका लागि कार्ड, एटीएम, विद्युतीय भुक्तानी मेसिन, मोबाइल तथा इन्टरनेट बैंकिङ, विद्युतीय संकेतमार्फत भुक्तानी र रकम स्थानान्तरणलगायतका सेवा सञ्चालन गर्दै आएको छ।











प्रतिक्रिया