२८ आश्विन २०८३, बुधबार

एनएमबी बैंक र इसीमोडबीच दिगो विकासका लागि सहकार्य समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंक र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)बीच नेपालमा दिगो विकास तथा जलवायु वित्तलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी भएको छ।

सम्झौताअनुसार दुवै संस्थाले वैज्ञानिक अनुसन्धान, प्राविधिक ज्ञान र वित्तीय क्षेत्रको विशेषज्ञतालाई एकै ठाउँमा जोडेर वातावरणमैत्री तथा दिगो परियोजनामा लगानीका अवसर पहिचान गर्नेछन्।

इसीमोडसँग रहेको अनुसन्धान तथा प्राविधिक ज्ञानलाई बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडेर नेपालमा हरित वित्त Green Financing लाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्‍याउने परियोजना अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ। बैंक र इसीमोडबीचको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबीचको समन्वयलाई थप बलियो बनाउँदै दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।