२८ आश्विन २०८३, बुधबार

एमाले सचिवालय बैठक सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको हो ।

पार्टी केन्द्रीय कमिटीको बैठक जारी रहेका बेला सचिवालय बैठक बसेको हो ।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कमिटीमा मनोनित गर्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने लगायत विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक आज अपराह्न १२ बजेबाट बस्नेछ ।