काठमाडौं । हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारी भएको कम्पनीले जनाएको छ ।
समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जालमार्फत तुरुन्तै लागू हुने कम्पनीले जनाएको छ ।
यस साझेदारीमार्फत हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सले मुलुकभर गुणस्तरीय हरित कर्जा विस्तार गर्दै यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखेको छ ।
पोखरामा कर्पोरेट कार्यालय र काठमाडौंको गैह्रीधारामा प्रमुख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत–प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्र्स तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी–ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई सम्बोधन गर्न हिमालय अर्गनाइजेसनले विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरूको आधिकारिक बिक्रेता भई उक्त सवारी सधानहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ ।











प्रतिक्रिया