काठमाडौं । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्ध भएका छन् ।
निर्माण पक्षले भोला र सुपलालाई अनुबन्ध गरेसँगै छायांकनमा जाने निधो निकालेको छ ।
फिल्मका निर्देशक पन्तले भोला र सुपलालाई फिल्म ‘बाकस’मा अनुबन्ध गरेसँगै अब दशैंपछि छायांकन थाल्ने बताए ।
उनले कुराकानीमा भने, ‘फिल्मका लागि कलाकारहरुको टिम करिब करिब पुग्ने अवस्थामा । अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ । तर हामी सबै कुरा छिट्टै मिलाएर दसैंपछि सुटिङमा निस्किन्छौँ ।’ यसअघि यो फिल्ममा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन् ।
‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ । गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहनेछ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन् ।
फिल्मको प्रदर्शन मिति भने अहिले तोकिएको छैन । निर्माण पक्षका अनुसार फिल्मको सुटिङ सकेपछि प्रदर्शन मिति तोक्ने योजना रहेको छ ।











प्रतिक्रिया