२८ आश्विन २०८३, बुधबार

मनास्लु हिमालमा हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनास्लु हिमालको क्याम्प तीनमा हिउँपहिरोमा परी ज्यान गुमाएका दुई जनाको शव उद्धार गरी काठमाडौं ल्याइएको छ।

मौसम प्रतिकूलताका कारण यसअघि उद्धार हुन नसकेका शवहरूलाई आज बिहान ७ बजे एभरेस्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।

क्याम्प तीनबाट शवलाई सुरुमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँ ल्याइएको थियो भने त्यहाँबाट थप प्रक्रियाका लागि काठमाडौं ल्याइएको हो।

मकालु एड्भेन्चरमार्फत मनास्लु हिमाल आरोहणमा गएका ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी संखुवासभाका ४८ वर्षीय फुर्सेम्बा शेर्पा गत असोज ४ गते क्याम्प तीनको टेन्टभित्रै हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए।

लामो समयदेखि खराब मौसमका कारण अड्किएको शव उद्धार कार्य मौसममा सुधार आएसँगै सफल भएको प्रहरीले जनाएको छ।