२८ आश्विन २०८३, बुधबार

नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्छु : हर्क साम्पाङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्ने बताएका छन् ।

धनकुटामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको र बन्ने बताएका हुन् । कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली स्वाभिमानी र सार्वभौम जनताको मतबाटै देशको प्रधानमन्त्री बन्ने उनको भनाइ छ ।

उनले भने, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइ भन्नु भएछ । उनको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ,’ ।

उनले प्रधानमन्त्री बन्नका लागि विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गर्ने वा दलाली गर्ने काम आफूले कहिल्यै नगर्ने दाबी गरे ।

उनले भने, ‘भारत, चीन वा कुनै ‘ग्रे जोन’ को आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो ।’ आफू प्रधानमन्त्री भएपछि ३ करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने उनको भनाइ छ ।