काठमाडौं । रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवार’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म कात्तिकको १३ गतेबाट रिलिजमा आउने भएको हो ।
मदन थापाको निर्देशनमा तयार भएको यो फिल्म्मा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ ।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सहनिर्माताको रुपमा छन् । शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।
यो फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय छ । साथै, फिल्ममा विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारहरुको अभिनय छ ।
‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नामक थिममा यो फिल्ममा बनेको छ । फिल्मको पोस्टरमा कामेश्वरलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ भने लक्ष्मीलाई पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ । यसबाट पनि फिल्म निकै रोचक रहेको बुझ्न सकिन्छ ।











प्रतिक्रिया