२८ आश्विन २०८३, बुधबार

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सुरु, बैंककको राउन्ड ट्रिपदेखि ५० प्रतिशतसम्म छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राभल एप ट्रिप टर्बोले ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ ।

नेपालको सबैभन्दा ठूलो ट्राभल सेलका रूपमा प्रस्तुत गरिएको यस क्याम्पेनमा यात्रुहरूका लागि विशेष ट्राभल डिल, गतिविधिमा ५० प्रतिशतसम्मको छुट, साप्ताहिक फायर सेल, टीटी कोइन रिवार्ड तथा विभिन्न गिभअवेहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

क्याम्पेनको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान रहेको छ ।

ट्राभल मेला २०२६ अन्तर्गत आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, अन्तर्राष्ट्रिय होटल, बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवहरूलाई एउटै अभियानमा समेटिएको छ, जसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउँदा थप विकल्प र बचतका अवसर प्रदान गर्छ । ट्रिप टर्बोमार्फत विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच लिन सकिनेछ, जहाँ ग्राहकहरूले नेपाली रुपैयाँमा भुक्तानी गरी अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सक्छन् ।

‘ट्राभल मेला नेपालका यात्रु समुदायसँग बृहत् रूपमा जोडिने र हाम्रो भिजन ‘मेकिङ ट्राभल सिम्पल’ लाई निरन्तरता दिने हाम्रो एउटा माध्यम हो,’ ट्रिप टर्बोका संस्थापक शिखेर प्रसाईंले भने, “डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट र होटलदेखि बस टिकट, गतिविधि र विभिन्न ट्राभल अनुभवसम्म, ट्राभल मेलाले यात्राका विभिन्न पक्षलाई एउटै ठाउँमा ल्याएको छ । यसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउन र यात्रासँगै थप रिवार्ड प्राप्त गर्न थप अवसर दिन्छ ।’

हवाई उडान र बस टिकटमा विशेष छुट

ट्राभल मेला २०२६ अवधिभर ग्राहकहरूले आफ्नो पहिलो आन्तरिक फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट तथा त्यसपछि फ्लाइटमेला प्रोमो कोड प्रयोग गरी हरेक आन्तरिक फ्लाइट बुकिङमा १५० रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै, बसमेला२६ प्रोमो कोड प्रयोग गरी बस टिकटमा ७० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ ।

क्याम्पेनअन्तर्गत साप्ताहिक फायर सेल पनि सञ्चालन हुनेछ, जसमा सीमित संख्याका ग्राहकले आन्तरिक फ्लाइटमा ३०० रुपैयाँसम्म र बस टिकटमा १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

गिभअवे र ट्राभल अनुभव

ट्राभल मेला २०२६ अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्नेछन् । साथै, ग्राहकहरूले बुध्द एयरको माउन्टेन फ्लाईट तथा विभिन्न सिमित गन्तव्यका डोमेस्टिक फ्लाइट टिकट पनि जित्न सक्नेछन् ।

एडभेन्चर मन पराउने यात्रुहरूका लागि जिपलाइन, बन्जी, प्याराग्लाइडिङ, स्काईस्क्रिमर, एसयूपी, स्काईवाक, हट एयर बेलुन र पेन्टबल लगायतका अनुभवहरू गिभअवेमा समावेश छन् । सहभागी हस्पिटालिटी तथा एडभेन्चर पार्टनरहरूबाट विभिन्न स्टे तथा ट्राभल अनुभवहरू पनि उपलब्ध हुनेछन् ।

क्याम्पेनमा अल्टिमा लाइफस्टाइल, सफारी ब्याग्स, ऊप्स नेपाल, अन्नपूर्ण केबल कार, हाइग्राउन्ड एड्भेन्चर्स, बेलुन नेपाल, एडभान्स प्याराग्लाइडिङ, गोबन्जी, प्याडल नेपाल, द क्लिफ, त्रिशूली भिल्लाररिभरसाइड रिसोर्ट र स्काइवाक
लगायतका ब्रान्ड तथा पार्टनरहरूका गिभअवे र रिवार्डहरू पनि समावेश छन् ।

ट्राभल मेला अवधिभर अन्नपूर्ण केबल कार, गोबुङ्गीको बन्जी जम्पिङ, द क्लिफ, द लास्ट रिसोर्ट र नगरकोट जिपलाइन लगायतका गतिविधिमा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध हुनेछ ।

ट्राभल मेला २०२६ ट्रिप टर्बोको एप र वेबसाइटमार्फत उपलब्ध छ ।

ट्राभल मेला २०२६ सेप्टेम्बर २० देखि अक्टोबर ३१, २०२६ सम्म सञ्चालन हुनेछ । लक्की ड्रमा सहभागी हुन ट्रिप टर्बोमार्फत कुनै पनि फ्लाइट, इन्टरनेसनल होटल, बस वा गतिविधि बुक गर्न सकिने कम्पनीले जनाएको छ ।