२८ आश्विन २०८३, बुधबार

भारतले एसियाली खेलकुदमा जित्यो पहिलो पदक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले सन् २०२६ को एसियाली खेलकुदमा आइतबार पहिलो पदक जितेको छ ।

आइची–नागोया एसियाली खेलकुदअन्तर्गत भारतीय महिला राइफल टोलीले १० मिटर स्पर्धामा १८९८.० अंकसहित दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेको हो ।

चिनियाँ टोलीले १९०४.२ अंकको विश्व कीर्तिमानी स्कोरसहित शीर्ष स्थान हासिल गर्‍यो भने आयोजक जापान १८९७.१ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

शनिबारबाट सुरु भएको एसियाली खेलकुदमा चीन कुल ७ पदक (२ स्वर्ण)सहित पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

५ पदक (२ स्वर्ण)सहित दक्षिण कोरिया दोस्रो स्थानमा छ भने मकाउ, चीन तेस्रो स्थानमा रहेको छ ।