२८ आश्विन २०८३, बुधबार

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो । एनपीएल आउँदो कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन खेलमा कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र  साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन् ।

त्यस्तै, लिग चरणको अन्तिम खेल कात्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच खेल हुने भएको छ ।

त्यस्तै, प्लेअफअन्तर्गत पहिलो क्वालिफायर खेल मंसिर १ गते, इलिमिनेटरको खेल मंसिर २ गते र दोस्रो क्वालिफायर मंसिर ३ गते हुनेछ भने फाइनल खेल मंसिर ५ गते हुने तालिका छ ।