एजेन्सी । ‘बेटी बचाउ-बेटी पढ़ाउ’ अभियानका अनुसार भ्रूण हत्याका लागि चलिरहेको लिंगानुपातमा आएको भारी असन्तुलनलाई सन्तुलित गर्न र युवतीहरुलाई शिक्षाको पहुँचमा ल्याउन तथा उनीहरुको आर्थिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न भारत सरकारले सुकन्या समृद्धि खाता योजनाको शुभारम्भ गरेको छ ।
यो योजनाअनुसार १४ वर्षको उमेरमा युवतीहरुले ‘डक घर’ खातामा आफ्नो नामबाट १ हजार रुपैयाँ जम्मा गरेमा त्यसको २१ वर्षपछि लगभग ६ लाख रुपैयाँ सरकारका तर्फबाट पाइनेछ ।
मुख्यमन्त्री कैम्प कार्यालयका ओएसडी अमरेन्द्र सिंहले भनेका छन्-‘प्रधानमन्त्री नरेन्द्र मोदीले २२ जनवरीमा ‘बेटी बचाओ-बेटी पढ़ाओ’ अभियानको शुरूआत पानीपत जिल्लाबाट गरेका थिए । त्यसै अवसरमा प्रधानमन्त्रीले छोरी चेलीहरुको सम्मानमा सुकन्या समृद्धि खाता योजनाको शुभारम्भ गरेका थिए । यसै योजना अनुसार छोरी चेलीहरुको खातामा जम्मा गरिएको रकममा वर्ष २०१४/०१५बाट ९.२ प्रतिशतका दरले ब्याज पाइनेछ । आफ्नी छोरीलाई यो खातामा कुनै पनि परिवारले एक हजार रुपैयाँ जम्मा गर्न सक्नेछन् र छोरीको १८ वर्षको उमेर पुग्ने वित्तिकै जम्मा रकममा जोडिएको व्याजसहित ५० प्रतिशत पैसा निकाल्न पाउनेछन् । छोरीको १८ वर्षको उमेर पूरा हुने वित्तिकै यो योजना परिपक्व भइसक्नेछ ।’
उनका अनुसार छोरीको नामबाट खोलिएको ‘डाकघर’को खातामा जम्मा गरिएको रकममा आयकर पनि लाग्ने छैन् । यो योजना लागू भएपछि देशैभरीका छोरी चेली र गरिब समुदायका परिवारले प्रधानमन्त्रीको मोदीको प्रशंसा गरेका छन् ।
भारतमा जनताको जीवनस्तर उकास्न सरकारबाट प्रोत्साहित कार्यक्रम लागूभएपनि नेपालमा भने बन्द हड्ताल गरेर भएका कार्यक्रम समेत प्रभावकारी हुन सकेका छैनन् ।














प्रतिक्रिया