काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिंगेदाउ–२’को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स सिनेमाजमा बुधबार चलचित्रको प्रिमियर गरिएको हो ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यो चलचित्र यही असोज २ गते (शक्रबार)देखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन् । अघिल्लो शृङ्खला ‘झिंगेदाउ’ले दर्शकको मन जित्न सफल भएका कारण यसको दोस्रो भागप्रति पनि दर्शक र चलचित्रकर्मीमाझ निकै चासो देखिएको छ ।













प्रतिक्रिया