–सञ्जय खड्का
आफ्नो दिमाग गाडामा,
२२ वटा दिमाग भाडामा !
धन्न आफ्नो दिमाग खर्च गर्नुपरेन,
छँदै थिएन, त्यसैले परेन !
‘खुट्टा भाँच्ने’, ‘कुट्ने’, ‘मन्त्रीलाई थुन्ने’,
काम शून्य, काम गर्नुपर्दा–
‘अटोमेटिक एक्टिभेट !’, ‘हेली–फिबर !’,
जय पशुपतिनाथ, कल्याण गर ‘फरएभर !’
विश्वमै फ्लप– महाफ्याउरे शो,
हेरौं न त ! कति दिन टिक्ने हो ?
गफै त हो सोल्टी, गफैगफ गफिने भो,
सल्लाह सुन्दै पाँच वर्ष कार्यकाल रित्तिने भो !
युवा जति लखेटे खाडीमा,
जनताको पसिना र कर बगाए बाढीमा !
अब ‘राष्ट्रिय सल्लाहकार दिवस’ मनाए हुन्छ,
‘सल्लाहकार आर्मी’ बनाए हुन्छ !
‘राष्ट्रिय सल्लाहकार महासंघ’का
महामहिम अध्यक्षको नौलो प्रस्तुति !
दिमाग छैन आफ्नो बसमा,
रिमोट कन्ट्रोल अरूकै हातमा !













प्रतिक्रिया