काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई लक्षित गर्दै एसएमई प्रो म्याक्स इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार, पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेजअन्तर्गत १ जीबीपीएस इन्टरनेट स्पिड, १ टिबी डाटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
प्याकेजमा ग्राहकले वाईफाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्री सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ ।











प्रतिक्रिया