२८ आश्विन २०८३, बुधबार

आफ्नै कार्यकर्ताको विरोधपछि बीचमै कार्यक्रम छाडेर हिँडे शिक्षामन्त्री पोखरेल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नै पार्टीका नेता–कार्यकर्ताको विरोध र अवरोधपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल एक कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

मधेश प्रदेशको सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहेका बेला आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएपछि पोखरेलले कार्यक्रम बीचमै छाडेका हुन् ।

औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको भन्दै रास्वपाका स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

उनीहरूले आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्तालाई बेवास्ता र अपमान गरिएको आरोप लगाउँदै विरोध गरेका थिए ।

विरोधका क्रममा कार्यक्रमस्थलमा केही समय होहल्ला समेत भयो । त्यसक्रममा भिडियो खिच्न रोक लगाइएको विषयमा समेत पार्टीका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।

त्यसपछि मन्त्री पोखरेलले आफ्नो सम्बोधन पूरा नगरी कार्यक्रमस्थल छाडेका थिए ।