काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यस्तै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरु वितरण गरेको थियो र आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ। साथै, यस विपद्को घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया