काठमाडौं । बजारमा देखिएको ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा युवाहरूले प्रदर्शन गरेका छन् ।
लामो समयदेखि एलपी ग्यास पाउन छाडेपछि आन्दोलित भएका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित क्षेत्रमै नाराबाजी गरेका हुन् ।
प्रदर्शनका क्रममा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीले सामान्य धरपकड समेत गरेको छ ।
तस्वीरहरुः सक्षम घिमिरे












प्रतिक्रिया