२८ आश्विन २०८३, बुधबार

सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्नेलाई पार्टीबाट निकालिनेछ : लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत तुच्छ व्यवहार गर्ने, साइबर बुलिङ गर्नेलाई रास्वपाबाट कारबाही गरिने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका हुन् ।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, लामिछानेले भने,‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्‌मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ।’