२९ आश्विन २०८३, बिहिबार

भोटेकोशी बाढी : रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ ।

राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । मुख्य राजमार्गमा यातायात सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीयको पहलमा सञ्चालनमा ल्याइएको वैकल्पिक मार्ग अहिले यात्रुका लागि निकै कष्टकर बनेको छ ।

सडक साँघुरो, उबडखाबड तथा जोखिमपूर्ण रहेकाले सवारीसाधन आवतजावतमा कठिनाइ भइरहेको छ ।